मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मनाङबाट ४६ जना सहभागी हुने भएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ ।
परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख धु्र्वप्रसाद कोइरालाले जानकारी दिए । चारवटा स्थानीय तह रहेको मनाङमा नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी छैनन् ।
उनका अनुसार नासोँ गाउँपालिकाको प्रकाशज्योति माविबाट २१, ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट चार, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १६ जना परीक्षामा सहभागी हुँदैछन् ।
प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिन लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ चैत्र २०८१, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङ केन्द्रबिन्दु भएर भूकम्प
चौध करोड लागतमा मनाङमा पुल बन्दै
मनाङमा पहिलो हिमपात
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
‘अचम्मै पो भो ! हिउँ नै परेन’
प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङको नवनिर्मित भवन उद्घाटन