काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवाश्री प्रदान गरेको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सुप्रबल जनसेवा श्री तृतीय पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन्।
विदेशमा बस्ने नेपालीको सेवा र सामाजिक कार्यबाट देशलाई योगदान पुर्याएबापत कदर र सम्मानस्वरुप आचार्य सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित भएका हुन्।
देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई संविधान दिवसमा विभिन्न पदकबाट सम्मानित गरिन्छ। सुप्रबल जनसेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असोज २०७९, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ
उच्चस्तरीय समितिका अध्यक्ष घले युरोप र मध्य पूर्वको भ्रमणमा जाँदै
सरकारले पनि भन्यो 'मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक'
एनआरएनएले शेष घलेलाई कार्यालय हस्तान्तरण नगर्ने
एनआरएनए एकता महाधिवेशनको पहलः घलेले लिए ६ घण्टा सुझाव
अध्यादेशमा ‘आफ्नै नागरिकलाई भिसा दिनेʼ व्यवस्था गरेको भन्दै एनआरएनएको विरोध