हिन्दुराष्ट्र घोषणाको माग राख्दै चितवनमा आमरण अनसन

प्रकाश सिग्देल

शनिबार, ०१ असोज २०७९, १६ : २४
हिन्दुराष्ट्र घोषणाको माग राख्दै चितवनमा आमरण अनसन

चितवन । श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आव्हानमा नारायणगढस्थित नारायणी नदी किनारमा आमरण तथा रिले अनसन सुरु भएको छ । श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी कँडेल भारद्वज आफै अनसन बसेका छन । उनले सनातन हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिन आमरण अनसन सुरु गरेका हुन । उनी यस अघि पनि दुर्ई पटक आमरण अनसन बसि सकेका छन।

तीव्ररुपमा धर्मान्तरण,संस्कार–संस्कृतिका सवालमा राज्य उदासिन बनेकाले दबाबका लागि अनसन सुरु गरिएको भारद्धाजले बताए । भारद्धाजकै  अगुवाईमा २०७६ देखि नारायणी नदी किनारमा महाआरतीहुदै आइरहेको छ । रिले अनसनमा सनातन संस्कृति संरक्षणका अभियन्ताहरु, सर्वसाधरणहरु समेत सहभागि हुन सक्नेछन् । अनसनको  भारत गोरखपुरको नाथ अखडाका पिठाधिस शिवनाथ योगीले शुभारम्भ गरेका थिए । झापाका व्यासाचार्य किशोर गौतम, राष्ट गुरु योगी नरहरी नाथ मृगस्थली आश्रम काठमाण्डौका संरक्षक योगी बेघ्र बेधनाथ , आचार्य जगन्नाथ कँडेल, देवघाटधामका पिठाधिसहरु लगायतको सहभागिता रहेको थियो ।  राष्ट्रिय स्तरका ६ र स्थानीय स्तरका ३ सहित ९ सुत्रिय माग राख्दै अनसन सुरु गरेका हुन ।

सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्धाज आमरण अनसन बसेका छन ।माग पुरा नहुदा सम्म अनसन जारी राख्ने भारद्धाजले बताए । परिषद्ले यहि भाद्र १६ गते प्रधानमन्त्री कार्यालय काठमाण्डौमा र ३० गते जिल्ला प्रशासन कार्यालय चितवनमा आफना माग सहितको ज्ञापन पत्र बुझाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस