काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, १२ : ५०
काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको । 

‘काठमाडौं उपत्यकाका विभिन्न  स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशााखाले एक सूचना जारी गर्दै भनेको छ । 

प्रतिक्रिया दिनुहोस