तान्जनियामा भीषण वर्षा र बाढी : १५५ जनाको मृत्यु, ५१ हजार परिवार प्रभावित

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, ११ : ३०
तान्जनियामा भीषण वर्षा र बाढी : १५५ जनाको मृत्यु, ५१ हजार परिवार प्रभावित

काठमाडौं। तान्जानियामा भारी वर्षा र बाढीका कारण १५५ जनाको मृत्यु भएको छ । वर्षा र बाढीका कारण ५१ हजारभन्दा बढी परिवार प्रभावित भएको बीबीसीले जनाएको छ ।

तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले मे महिनामा पनि वर्षा जारी रहने चेतावनी दिएका छन् । उनले बाढी प्रभावित क्षेत्र छाड्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

‘बाढीका कारण दुई लाख मानिस र ५१ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्,' उनले भने,‘जनवरीदेखि भारी वर्षाका कारण १५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म २३६ जना घाइते भएका छन् ।

तीव्र हावा र बाढीका कारण देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ ।'तान्जानियाका छिमेकी देश केन्या र बुरुन्डीमा पनि भारी वर्षाका कारण अवस्था खराब छ ।

प्रतिक्रिया दिनुहोस