राष्ट्रपति भण्डारी समक्ष अख्तियारको प्रतिवेदन पेश

रासस

विहीबार, २८ मंसिर २०७४, १७ : ३२
राष्ट्रपति भण्डारी समक्ष अख्तियारको  प्रतिवेदन पेश

चितवन,  २८ मंसीर ।  राष्ट्रति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामु प्रमुख आयुक्त दीप बस्न्यातले आज वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

शीतल निवासमा आयोजित समारोहमा बस्न्यातले नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आयोगको आव २०७३/२०७४ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस