एजेन्सी । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई गोली हानी हत्या गर्ने प्रयास भएपनि उनी जोगिएकी छिन् ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आईतबार एक व्यक्तिले उपराष्ट्रपति क्रिस्टिनालाई ताकेर गोली हान्न खोज्दा बन्दूकको फायर समयमै नखुलेपछि उनी जोगिएकी हुन् ।
उनलाई गोली हान्न खोज्ने व्यक्ति ३५ वर्षका ब्राजिलका नागरिक भएको खुलेको छ ।अजेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा एक व्यक्तिले उपराष्ट्रपति क्रिस्टिनालाई बन्दूक तानेर चलाएको बताएका छन् । उनले गोली चलेको पुष्टि हुन नसकेकोले क्रिस्टिना अझै जीवित रहेकी र बन्दुकमा ५ वटा गोली भरिएको बताएका छन् । राष्ट्रपति अल्बर्टोले अर्जेन्टिनामा प्रजातन्त्र प्राप्तभएपछिको यो सबैभन्दा गम्भीर घटना भएको बताएका छन् ।
उपराष्ट्रपति क्रिस्टिनामाथि भ्रष्टाचारको आरोप लागेको छ ।आक्रमण हुँदा सयौं उनी सयौं समर्थकबीच उनको ब्यूनस आयर्स निवासबाहिर भाषण गर्दै थिइन् आक्रमणकारीलाई तत्काल पक्राउ गरी हतियार समेत बरामद गरिएको थियो ।सन् २००७ र २०१५ को बीचमा उनी अर्जेन्टिनाको दुई पटक राष्ट्रपति भएकी थिइन् । क्रिस्टिनालाई अर्जेन्टिनामा चतुर राजनिितक खेलाडीका रुपमा चिनिन्छ । उनी अर्को आम चुनावमा राष्ट्रपति पदका लागि बलियो दावेदारकी रुपमा समेत रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोट: मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित
मेसीको ह्याट्रिकसहित अर्जेन्टिनाको आधा दर्जन गोल
अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित
ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा
ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई हराएपछि झगडा
अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी शुरुवात