जनताको समृद्धि र विकास नै लक्ष्यः नेता नेम्वाङ

रासस

विहीबार, २८ मंसिर २०७४, ११ : ५८
जनताको समृद्धि र विकास नै लक्ष्यः नेता नेम्वाङ

 

इलाम । नेकपा (एमाले) का नेता तथा सांसद सुवास नेम्वाङले राजनीतिक आस्थाका आधारमा कसैलाई विभेद नगरिने बताए । “तपाईंहरू सबैले मत दिएर हामी विजयी भएका हौँ, को एमाले, को काँग्रेस, को राप्रपा हो, हामी कसैलाई आस्थाका आधारमा विभेद गर्दैनौँ, हाम्रा लागि तपाईंहरू सबै एक हो”, उनले भने । उनले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए ।

इलामको फाकफोकथुम गाउँपालिका–७ स्थित दोकानडाँडामा बुधबार आयोजना गरिएको शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले जनताको समृद्धि र विकासनै हाम्रो लक्ष्य हो भने ।

नेपाल टेलिकम, विद्युत्लगायत कार्यालयका प्रमुखलाई भेटेर विद्युतीकरण, टेलिकम टावर निर्माणका लागि भनेका छौँ, अब दुरदराजमा फोन, विद्युत् सुविधा पु¥याउन आफू पहल र प्रयासरत रहेको नेता नेम्वाङले बताए । निर्वाचनताका समयमा जनतामाझ गरिएका प्रतिबद्धता पूरा गर्ने समेत उनले बताए।

वामपन्थीले देशमा स्थिर रहेर काम गर्न नपाएको बताउँदै यसपटक जनताले पाँच वर्षसम्म सरकार चलाएर आर्थिक समृद्धिको जनादेश दिएका छन्, जनताको आदेश अनुसारनै अब बन्ने सरकारले जनतामुखी र प्रभावकारी कार्यक्रम ल्याउने विचार उनलेराख्नुभयो ।

स्थानीय तहको सरकार बनेको छ, अब प्रदेश र केन्द्रीय सरकार बनाउँछौँ, तीनै तहको सरकार बनेपछि जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्दै अघि बढ्ने पनि उनले बताए ।

यस क्षेत्रको विकासका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर पहलकदमी लिने उनको भनाई थियो । कार्यक्रममा प्रदेशतर्फका सांसदद्वय राम राना र धीरेन्द्र शर्माको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस