माओवादी केन्द्रको स्थायी समिति बैठक, पदाधिकारी टुंगो लगाउने दाबी

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १४ : १५
माओवादी केन्द्रको स्थायी समिति बैठक, पदाधिकारी टुंगो लगाउने दाबी

काठमाडाैँ । माओवादी केन्द्रको स्थायी समिति बैठक शुरू भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरू भएको छ । माओवादी केन्द्रको पदाधिकारी चयन गर्ने भनिएको बैठक चार दिनदेखि निरन्तर बसिरहेको छ । 

गत बुधवारबाट शुरू भएको बैठक बिहीवार भने बस्न सकेको थिएन । हिजो शुक्रवार पनि केहीबेर बैठक बसेर आजसम्मको लागि स्थगित गरिएको थियो । माओवादी केन्द्रमा पदाधिकारी चयनमा सकस परेको कारण बैठक पटक–पटक स्थगित भएको छ । माओवादी केन्द्रमा देव गुरूङलाई महासचिव बनाउन लागिएको चर्चा छ । महासचिवमा प्रमुख दाबेदार वर्षमान पुन र जनार्दन शर्मालाई भने उपमहासचिव बनाइन लागिएको माओवादीभित्र चर्चा छ । 

नारायणकाजी श्रेष्ठलाई प्रचण्डले यसअघि नै वरिष्ठ उपाध्यक्ष बनाउने बताइसकेका छन् । लामो समयदेखि अल्झिदै आएको माओवादी केन्द्रको पदाधिकारीको विषय आजको बैठकले टुंगो लगाउने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस