काठमाडौँ । काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ । कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो ।
केन्द्रीय कृषि प्रयोगशालाका अनुसार कालीमाटीको विश्लेषण एकाइमा गत आर्थिक वर्ष २०७८र७९ मा दुई हजार ८८३ वटा नमुनाको परीक्षण गरिएकोमा ४६ वटामा अत्यधिक विषादी अवशेष भेटिएको हो । परीक्षण गरिएका नमुनामध्ये तोरीको साग, काउली, हरियो खुर्सानी, गोलभेँडामा सात–सात वटा खान नहुने विषादीको अवशेष भेटिएको थियो ।
यस्तै तुनेबोडीमा पाँचवटा, काँक्रो र घिउ सिमीमा तीन–तीनवटा, भेँडेखुर्सानी र गाँजरमा दुई–दुई वटा, हरियो फर्सी, बन्दा सलगममा एक÷एक वटामा विषादीको अवशेष भेटिएको थियो । यी तरकारीमा विषादीको रोकावट दर ४५ देखि १२० प्रतिशतसम्म थियो ।
यस्तै सो अवधिमा २९ किसिमका तरकारीमा केही दिन पर्खेर पुनः परीक्षणमा रिपोर्ट ठीक भएमा खान मिल्ने विषादीको अवशेष भेटियो । यो भनेको विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत हो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ । त्यसो त एकाइ सञ्चालनमा आएको पहिलो वर्ष (२०७१ असार) एक महिनामा परीक्षण भएका १८७ नमुनामध्ये २६ वटा तरकारीमा खान नमिल्ने विषादीको अवशेष देखिएको थियो ।
चितवन र सर्लाहीको तरकारीमा बढी विषादी
कालीमाटी बजारमा भित्रिएका तरकारीको नमुना परीक्षण गरिएकोमा सबैभन्दा बढी विषादीको अवशेष चितवन र सर्लाहीबाट आएका तरकारीमा पाइएको छ । गत आर्थिक वर्षमा उपत्यकासहित २३ जिल्लाबाट आएका तरकारीको नमुना परीक्षण गरिएकोमा चितवन र सर्लाहीमा नौ÷नौ वटामा खान नहुने विषादीको अवशेष भेटिएका छन् ।
यस्तै धादिङबाट आएका तरकारीमध्ये आठवटा नमुनामा खान नहुने विषादीको अवशेष भेटिएको छ भने काठमाडौँ, काभ्रेबाट आएका तरकारीको नमुना परीक्षण गर्दा क्रमशः चार र तीनवटामा विषादी भेटिएको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०१ भदौ २०७९, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
तरकारी बिक्रीबाट दैनिक २ हजार कमाउँछन् बिखलु राना थारू
तरकारीमा ठगी : थोकमा घट्यो, खुद्रामा घटेन
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
गोलभेँडादेखि राजा च्याउसम्म ः यस्तो छ आजको मूल्यसूची
परीक्षणबिनै भान्सामा पुग्छ तरकारी !