काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक सकिएको छ । दुई पटक स्थगित भएको कार्यसमिति बैठक एन्फा कम्प्लेक्समा बिहीबार साँझ सकिएको हो ।
बैठकमा मुख्य २२ वटा एजेन्डामा छलफल भएको र निर्णय भएको एन्फाले जनाएको छ । राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेल खेल्ने । नेपाल सुपर लिग (एनएसएल) आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ । यस्तै एन्फाले प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख नविन पाँडेलाई बर्खास्त गरेको छ । बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव किरण राईलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फा उपाध्यक्ष दावा लामा छुटे
लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ