हेटौंडामा रवि लामिछाने तस्वीर अंकित प्रचार सामग्री च्यातियो

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, ११ : २७
हेटौंडामा रवि लामिछाने तस्वीर अंकित प्रचार सामग्री च्यातियो

हेटौँडा । हेटौँडामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर अंकित प्रचार सामग्री  च्यातिएको छ ।

भोलि हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने जिल्ला भेलाको प्रचारको लागि हेटौँडाको बुद्धचोबाट सीमा चोक क्षेत्रमा टाँगिएको ब्यानर आज बिहान च्यातिएको अवस्थामा भेटिएको हो ।

बुधबार साँझ कार्यक्रम प्रचारको लागि ब्यानर राखिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले प्रहरी परिचालन गरेर विस्तृत बुझ्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस