काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारको अहिलेसम्मका काम हेर्दा जनताको अपेक्षा अनुसार नभएको टिप्पणी गरेका छन्।
रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि धनगढी पुगेका लामिछाने विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सरकारको निरन्तर खबरदारी गरिरहेको बताए।
उनले भने, ‘सरकारको काम अहिलेसम्म हेर्दा सन्तोषजनक देखिएको छैन। हामीले खबरदारी गरिरहेका छौँ। नियालिरहेका छौँ। जनताको जुन आशा छन् त्यो सरकारको व्यवहारबाट देखियोस् भन्ने चाहेका छौँ। तर, त्यस्तो कुनै छनक देखेको छैन। सरकार योजनामा होला सय दिनसम्म सरकारलाई सुविधा दिनुपर्छ।’
उनले भ्रष्टाचारको अनुसन्धानमा जुटिएको प्रहरीहरूको सरुवाको विषयमा बिस्तारै खुल्दै जाने बताए। उनले भने, ‘अनुसन्धानमा लागिरहेका मानिसहरूलाई त्यहाँबाट अन्त अन्तै लगिएको भन्ने सुन्नमा आएको छ। त्यो निरन्तर प्रक्रियाले हो कि अन्य कुनै कारणले खुल्दै जाला। हामीले जुन जुन सुरू गरेका थियौँ त्यसलाई अझै जोड लगाउने समाचारहरू आएका छैनन्। ती फाइलहरू कहाँ के भए मलाई थाहा छैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अदालतमा हाजिर भए रवि लामिछाने
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
रवि लामिछाने भोलि भैरहवा आउने, आज मुद्दा दर्ताको तयारी
रविसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहित चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
रवि लामिछानेविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ता गर्ने तयारी
रवि लामिछाने धरौटी बुझाएर रिहा