गोर्खा मिडियाको कारोबारमा लामिछानेको संलग्नता

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, १४ : ५६
गोर्खा मिडियाको कारोबारमा लामिछानेको संलग्नता

काठमाडौं। सहकारी छानविन समितिले गोर्खा मिडियाको कारोबारमा रवि लामिछानेको संलग्नता देखिएको पाइएको छ ।  

समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुन् भनी लामिछानेले दिएको बयानमा आर्थिक कारोवार उहाँकै संलग्नता रहेको भन्दै छानविन समितिले निष्कर्ष निकालेको हो । 

समितिले १६ वटा कारोवारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोवार भएको देखिन्छ ।