काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बिहीबार बस्दैछ । यसअघि दुई पटक स्थगित हुन पुगेर बिहीबार तय भएको बैठकलाई फुटबल क्षेत्रमा महत्वका साथ हेरिएको छ ।
बिहान १० बजेपछि बस्ने बैठकमा नियुक्तिलगायतका विषयमा छलफल हुने बुझिएको छ । अध्यक्ष पंकज नेम्वाङले आफू अनूकुल महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गरेपछि बैठक स्थगित गर्दै आएका छन् ।
यहीबीचमा चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाँडेबीच बढ्दै गएको असन्तुष्टिका कारण नेम्वाङले बैठक नै स्थगित गर्दै आएको बताइन्छ ।
विवादकै कारण अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेमाथि बर्खास्तीको दवाव बढेको छ । एन्फाले प्रवक्ता सहित तीन सहमहासचिव र मानार्थ अध्यक्षको नियुक्त गर्न बाँकी छ । जसका थापाका छोरा गौरबको पनि दाबेदारी छ । यसबाहेक महिला साफ आयोजना गर्नेलगायतका एजेण्डा पनि बैठकमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एन्फाको वार्षिक बजेट डेढ अर्ब
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फा उपाध्यक्ष दावा लामा छुटे