राज्यले द्धन्द्ध पिडितका परिवारलाई व्यवस्थापन गर्न नसकेको गुनासो

शनिबार, २६ जेठ २०७५, १८ : ११
राज्यले द्धन्द्ध पिडितका परिवारलाई व्यवस्थापन गर्न नसकेको गुनासो

चितवन । सरकारले शहिद परिवारलाई उचित व्यवस्थापन गर्न नसकेको शहिद परिवारले गुनासो गरेका छन् । देश परिवर्तनका लागि आफ्नो ज्यान बालिदान गरेपनि शहिदको उचित सम्मान गर्न राज्य चुकेको उनीहरुको आरोप थियो ।  
सहिद स्मृति प्रतिष्ठान नेपाल चितवनद्धारा आयोजित द्धन्द्ध प्रभावित बालबालिकाहरुका लागि शैक्षिक सामाग्रीहरु वितरण कार्यक्रममा गुनासो गर्दै उनीहरुले राज्यले शहिद परिवारलाई विभिन्न अवसरहरुमा अग्र स्थानमा राख्नुपर्ने धारणा राखेका छन् । 
। राज्य सानो–सानो सहयोग गरेको शैक्षिक सामाग्री लिदै द्धन्द्ध प्रभावित भरतपुरका किरण पौडेलले भनिन् हामीलाई शहिद कोटा नै बनाई राज्यले सहयोग गनुपर्छ ।
उनी मात्र हाईन् कक्षा १२ मा अध्ययनरत एलिना थपलियाले समेत राज्य अब सहिद परिवारलाई हेर्न देष्टिकोण परिर्वतन मात्र नभई देखिने गरि शिक्षा, स्वास्थ्य र रोजगार दिन माग गरिन् ।
सो अवसरमा शैक्षिक सामाग्री वितरण गदै भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुर महानगरले बालेर भन्दा पनि देखिने गरि द्धन्द्ध पिडितलाई सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।
द्वन्द्धपीडित तथा सहिदका बालबालिकाका थुप्रै समस्या भएको उल्लेख गर्दे भरतपुर महानगरकी मेयर रेनु दाहालले सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताईन् ।
सहिद स्मृतिले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा काम गरिरहेको जानकारी गराउदै सहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष संगिता भट्टराईले राज्यको ध्यान नपुगको ठाउमा आफुहरुले सहयोग गर्ने उद्देश्य अनुरुप अघि बढिरहेको पनि बताए ।
शिक्षा, स्वास्थ्य र रोजगार दिने सवालमा द्धन्द्ध पिडितका समस्याहरु स्थानिय र प्रदेश र केन्द्रीय सरकारलाई झकझकाउन आफुहरुले कार्यक्रम गरेको सहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष संगिता भट्टराईले बताईन् ।
‘यहा बालबालिकाहरुको स्वास्थ्य सुधारका लागि हामीले निकट भविष्यमा निःशुल्क स्वाथ्य शिविर सञ्चालन गर्नेछौं’ भट्टराईल भनिन् ‘आगामी दिनमा यस्तै रचनात्मक काम निरन्तर सहयोग गर्दै जाने छ ।’ आजका बालबालिका भोलिका राष्ट्र निर्माता भएकोले उनीहरुको मनौवैज्ञानिक विकासका लागि सबैले ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।
सो अवसरमा भरतपुर महानगर क्षेत्रका ९३ जना बढी द्धन्द्ध प्रभावित बालबालिहरुलाई झोला, कापी, कलमसहितका शैक्षिक सामाग्री भरतपुर महानगरको सहयोगमा दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस