कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए आकस्मिक बैठक

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १४ : ४७
कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए आकस्मिक बैठक

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न उनले आकस्मिक बैठक बोलाएका हुन् । बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ ।

‘अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ,’ सिंहको सचिवालयले भन्यो, ‘ कार्यवाहक प्रधानमन्त्रीज्यूले आकस्मिक रूपमा बैठक बोलाउनुभएको हो ।’

प्रतिक्रिया दिनुहोस