आन्तरिक हवाई उडान साँझ सम्मका लागि खुल्यो

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १४ : ४६
आन्तरिक हवाई उडान साँझ सम्मका लागि खुल्यो

काठमाडौं । शुक्रबार साँझ देखि रोकिएका आन्तरिक उडान आंशिक रुपमा सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं बाट मुख्य शहरहरुमा हुने उडानलाई आंशिक रुपमा खुला गरेको हो । 

विमानस्थल बाट इन्स्ट्रुमेन्टल फ्लाइट रुल (आईएफआर) र भिज्युअल फ्लाइट रुल (भीएसआर) गरी दुई तरिका बाट उडान र अवतरण हुन्छ । भीएसआर भनेको पाइलटले आँखाले हेरेरै उडान तथा अवतरण गर्ने सिस्टम हो । आईएफआर अन्तर्गत भने यस्तो उडान र अवतरण उपकरणको सहायताले गरिन्छ । 

आईएफआर प्रविधि अन्तर्गत गरिने उडान बेलुकी छ बजेसम्मको लागि खुला भएको बताइएको छ । योसँगै चन्द्रगढी, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा शुक्रबार देखि रोकिएका उडानहरु सुचारु भएका छन् । 

प्रतिक्रिया दिनुहोस