वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको परेको पानीले प्रदेशमा क्षति पुर्याउन सक्ने भएकोले त्यसको सामनाका लागि तयार रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई मुख्यमन्त्री सिंहले शनिवार सो निर्देशन दिएका हुन् ।
शनिवार पूर्वपश्चिम राजमार्गस्थित बागमती लगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख कालीदास धवोजीलाई उद्धारका लागि तयार रहन निर्देशन दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले दुवै निकायका डिआइजीलाई फोन गरेर भनेका छन्, ‘बाढी बस्तीमा पस्ने खतरा छ, जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ । त्यसकारण मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि उद्धारजन्य कार्यका जुट्न पूर्वतयारी गरिहाल्नुहोला ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह
तत्काल प्रहरी समायोजन ऐन जारी गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेस प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्रीको प्रतिबद्धता
कांग्रेस र एमालेले समर्थन गरेपछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत