नौबिसेमा बस र दुई वटा साना सवारीसाधन पुरिए

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, ०९ : २२
नौबिसेमा बस र दुई वटा साना सवारीसाधन पुरिए

File Photo

काठमाडौँ । धादिङको धुनिबेसी नगरपालिका स्थित नौबिसेमा पहिरो खसेर एउटा बस र दुई वटा साना सवारीसाधन पुरिएका छन् । 

पहिरो खसेर ३ वटा सवारी पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलावालले बताए ।

उनले भने, ‘सवारी साधन पुरिएका छन्, मानवीय क्षति भएको छैन ।’ 

इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर सिताराम विष्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । पहिरो खस्नुअघि नै बस र अरु दुईवटा सवारीमा सवारी यात्रु झरेको इन्स्पेक्टर सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस