प्रमुख राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात प्रभावित

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १५ : १७
प्रमुख राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात प्रभावित

काठमाडौं। पहिरोले राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सेवा एवं जनजीवन प्रभावित बनेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौंको नयाँ बसपार्क र अन्य क्षेत्रबाट सञ्चालन हुँदै आएका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन हुन नसकेको बताए ।

उनका अनुसार आज काठमाडौंको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खुबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । 
विभिन्न राजमार्ग हुँदै सञ्चालनमा आएका सार्वजनिक सवारीसाधान र अन्य सवारीसाधन बगाउनुका साथै पहिरोले पुरिएका छन् ।

 

 

 

उनले सरकारले रात्रिकालीन सवारीसाधन  नचलाउन आग्रह गरेका कारण कतिपय सवारीसाधान दुर्घटनामा पर्नबाट जोगिएको बताए । उनले देशभरका यातायात व्यवसायी, चालक तथा सहचालकलाई जोखिम मोलेर सार्वजनिक सवारीसाधान नचलाउन समेत आग्रह गरे ।

 

 

प्रतिक्रिया दिनुहोस