सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, ११ : ००
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस