नारायणगढ-मुग्लिङ्गको भाँसिएको सडक मर्मत

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १४ : ५६
नारायणगढ-मुग्लिङ्गको भाँसिएको सडक मर्मत

चितवन । नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा भाँसिएको सडकको मर्मतपछि एकतर्फी खुलेको छ ।

भाँसिएको सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गरेपछि एकतर्फी खुलेको र दुई तर्फी खुल्न केहि समय लाग्ने जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी समेत पल्टिएको थियो ।

लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो । अहिले पनि काठमाडौँ आउने सडक दर्जनौं ठाउमा गएको पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस