काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२२–२३ फुटबलमा आज (आइतबार) राति तीन खेलहरु हुँदैछन् । राति पौने सात बजे सुरु हुने खेलमा लेष्टर सिटीले ब्रेन्टफोर्डको सामना गर्नेछ । यता, सोहि समयमा म्यानचेष्टर युनाईटेडले ब्राइटनको चुनौती सामना गर्नेछ ।
यस्तै, राति पौने १० बजे सुरु हुने खेलमा साविक विजेता म्यानचेष्टर सिटीले वेष्ट ह्याम युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । गत सिजन शीर्ष स्थानमा रहँदै उपाधि जितेको सिटी सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । यस सिजन एर्नेष्ट हल्यान्डसहित चार खेलाडीलाई अनुबन्ध गरेको सिटी बलियो स्थितिमा छ ।
गत सिजन सिटीले लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको थियो । अघिल्लो रात भएको खेलमा चेल्सी र टोटनहमले जित निकाल्दा साविक उपविजेता लिभरपुल भने रोकियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात
टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा
क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित
म्यानचेस्टर सिटीको सहज जित
इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग न्यूक्यासल ४–२ ले पराजित