इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

एजेन्सी

शनिबार, ०१ भदौ २०८१, ०७ : ४२
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति ओल्ड ट्राफोर्डमा सुरु भएको लिगकाे नयाँ सिजनमा फुल्हमलाई १–० गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो ।

युनाइटेडका लागि जोशुआ जिर्कजीले एक गोल गरेका थिए । उनी हालसालै युनाइटेडमा आबद्ध भएका नेदरल्याण्ड्सका फरवार्ड हुन् ।

उनले खेलको ८७औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै म्यानचेस्टर युनाइटेडले पहिलो खेलबाटै अंक तालिकामा तीन अंक जोडेको छ ।फुल्हमले भने पहिलो खेलमै हार बेहोरेको छ ।

यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन् ।