इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, ०९ : १३
इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा एस्टन भिल्लालाई २–० गोलले हराउँदै आर्सनलले दोस्रो जित निकालेको हो ।

आर्सनलका लागि लिन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक–एक गोल गरेका थिए ।

यो जितसँगै आर्सनल दुई खेलबाट ६ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा रहेको छ । ६ अंक नै भएका म्यानचेस्टर सिटी र ब्राइटन क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको एस्टन भिल्ला १२औँ स्थानमा छ ।