काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र/लोकतन्त्रमा दलहरूले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरूले नै गर्नुपर्ने बताएका छन्।
अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्। एउटा दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्ने उनकाे भनाइ छ।
अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘प्रजातन्त्र/लोकतन्त्रमा दलहरूले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरूले नै गर्नुपर्छ। एउटा दल असफल भए अर्को दल आउँछ,आउने वातावरण बनाउनु पर्छ। दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ। संरचनामा सुधार गर्नुपर्छ। प्रजातन्त्रको विकल्प छैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै