पर्सा । पर्साका विभिन्न स्थानीय तहमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय, पर्साका अनुसार पर्सामा गत स्थानीय चुनावमा तीन हजार चार सय ५८ उम्मेदवार बनेकामध्ये १ दशमलव २७ प्रतिशतअर्थात् ४४ ले मात्र खर्च विवरण पेश गरेका छन् । जिल्लाका १४ पालिकामा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका तीन हजार चार सय ५८ मध्ये ४४ ले मात्र निर्वाचन खर्च पेश गरेका हुन् ।
नियमअनुसार तोकिएको समयभित्र चुनाव खर्च विवरण पेश नगर्दा हरेक उम्मेदवारलाई जनही रु पाँच हजार जरिवाना हुनसक्ने नियम छ । पर्सामा वीरगञ्ज महानगरपालिका, तीन नगरपालिका र दश गाउँपालिका रहेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सबै उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने कानुनी प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित
दुई चरणमा अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन
फ्रान्सको सरकार ३ महिनामै ढल्यो
पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा
निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
रास्वपाले पुराना दलसँग तालमेल नगर्ने