कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ : डा. कोइराला

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १३ : १८
कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका छन ।प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका हुन। उनले त्यस विषयमा छलफल भइरहेको पनि बताए।

नेता कोइरालाले गठबन्धनका अन्य दलहरूले सबैकुरा आफूहरू नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै कांग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए।

नेता कोइरालाले सबैलाई समेटेर हिँड्ने कांग्रेसको सोच रहेको स्पष्ट पारे। उनले नेपाली कांग्रेसका पूर्व सभापति स्व। गिरीजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडि बढे मात्रै कांग्रेसको भविष्य उज्वल हुने तर्क गरे।

नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेशमा धेरै जनताहरूमा खुशी छाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस