काठमाडौं । राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।
प्रस्तावको पक्ष र विपक्षमा ध्वनि मत विभाजन गर्दा प्रस्तावको पक्षमा सबैजसो सांसदले ‘हुन्छ’ भनेका थिए । ‘हुँदैन’ भन्ने पक्षमा आवाज नआएको भन्दै अध्यक्ष तिमिल्सिनाले प्रस्ताव पारित भएको घोषणा गरे । त्यसअघि राष्ट्रियसभामा उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलमा उठेका प्रश्नका सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस
शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : नारायणप्रसाद दाहाल
राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान
राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित
राष्ट्रियसभा बैठक बस्दै, विषयगत समितिका सभापतिको निर्वाचन मिति तोक्ने कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची