काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल गएराति स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को १४९ औँ महासभामा भाग लिन ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दाहाल जेनेभा प्रस्थान गरेका हुन् ।
महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका सङ्घ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ ।
यही असोज २७ देखि कातिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सासदहरु सुनिता बराल र निशा डाँगी छन् ।
प्रतिनिधिमण्डलमा राष्ट्रिय सभासदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितका अधिकृत रहेका छन् । अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आगामी कातिक ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असोज २०८१, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई राष्ट्रियसभाको ध्यानाकर्षण- प्रकृति लम्सालको मृत्यु प्रकरणमा छानबिनका लागि कूटनीतिक पहल थाल्नू
राष्ट्रियसभा बैठक बस्दै, के-के छन् कार्यसूचीमा ?
सरकारले राष्ट्रियसभामा ६ फागुनमा अध्यादेश निर्णयार्थ पेस गर्ने
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस
शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : नारायणप्रसाद दाहाल
राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित