जैविक विविधतालाई यथावत राख्दै वातावरणको संरक्षण गरौ :मेयर दाहाल

मंगलबार, २२ जेठ २०७५, १३ : ०५
जैविक विविधतालाई यथावत राख्दै वातावरणको संरक्षण गरौ :मेयर दाहाल

चितवन । भरतपुर महानगर प्रमुख (मेयर) रेनु दाहालले सफा र हरियाली भरतपुर महानगरको प्रथामिकतामा रहेको बताउनु भएको छ ।
विश्व वातावरण दिवसक समपनको अवसरमा भरतपुर महानगरपालिकाले अयोजना गरेको कार्यक्रममा बोल्दै मेयर दाहालले सफा र हरियाली महानगर भए मात्रै स्मार्ट सिटिको रुपमा महानगरलाई विकास गर्न सकिने उल्लेख गर्नुभयो । 
दाहालले चितवनको भौगोलिक अवस्था,दुई ठुला नदी ,राष्ट्रिय निकुञ्ज र विभिन्न वन जङगलका कारण जैविक विविधतामा धनी रहेकाले यसको संरक्षणमा सबै जान लाग्नुपर्नेमा जोड दिनुभयो । 
महानगरपालिकाले शहरलाई वातावरणमैत्री बनाउन प्रयाप्त रुपमा योजनाहरु ल्याएको भन्दै मेयर दाहालले वातावरणको क्षेत्रमा काम गर्ने संघ संस्थालाई अझै प्रभावकारी रुपमा अभियानलाई लैजान आग्रह गर्नुभयो । भरतपुर महानगरपालिका ३ वटा वडाहरु सरसफाईयुक्त वडा घोषणा भई सकेकाले निकट भविष्यमा सम्पुर्ण ,भरतपुर महानगरकालाइ मिति नै तोकेर सरसफाईयुक्त महानगर घोषणा गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।

त्यस्तै भरतपुर महानगरपालिका उप प्रमुख पार्वती शाह ठकुरीले सरसफाइलाई हामी भन्दा पनि म बाट सुरु गर्नुपर्ने धारणा राख्नुभयो । विश्व वातावरण दिवसको अवसरमा राजमार्ग सरसफाई , युवा भेला ,टोल सरसफाई , जङक आर्ट प्रतियोगिता , वृक्षरोपण र अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो । 
कार्यक्रममा विभिन्न प्रतियोगिता प्रथम हुन सफल प्रतियोगीहरुलाई सम्मान गरिएको थियो । भरतपुर महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीले स्वागत मन्त्वय राख्नुभएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी बाँस्कोटा ,प्रदेश सांसद मिलनबाबु श्रेष्ठ , वे गु्रपका संयोजक भोजनारायण कंडेलले मन्त्वय राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस