काठमाडौं । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई दोस्रो पटक कोरोना संक्रमण भएको बताए। उनलाई यसअघि छ महिना पहिले पनि कोरोना लागेको थियो।
मिश्र केही दिनदेखि बिरामी थिए। ‘अहिले फेरि कोरोना संक्रमण भयो। लक्षणहरू पहिलो पटकजस्तो कडा छैन,’ उनले भने, ‘ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ।’
मिश्र घरमै आराम गर्दैछन्। उनले मंगलबार आफूले कसैसँग पनि भेटघाट नगरेको र त्यसअघि आफूसँग भेटेकाहरूलाई विचार पुर्याउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमण बढेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्रको नायक प्रचण्डनै हुन् : रविन्द्र मिश्र