काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गरेका छन् ।
काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वमपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् । ‘बामपन्थी शक्तिहरु दुई तिहाईमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृतिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, बामपन्थी शक्तिहरु एक हुनुपर्छ, बामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भने, म बामपन्थी शक्तिहरु बिचको तालमेलका लागि आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संक्रमणकालीन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
प्रधानमन्त्रीजी मन्त्र जपे जसरी भारत भ्रमणमा जाँदैछु, जाँदैछु भन्दै हुनुहुन्छ : नारायणकाजी श्रेष्ठ
संघीयता कार्यान्वयनका लागि केही बाध्यकारी निर्णय गर्न ढिलाइ : नारायणकाजी श्रेष्ठ
अहिलेसम्म कुनै सरकारले नगरेको सुशासनको काम हाम्रो सरकारले गर्यो : नारायणकाजी श्रेष्ठ
यो सरकारले समीक्षा गर्न लायक कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ