नेपाल र भारतका ऊर्जामन्त्रीबीच ऊर्जा विकासबारे छलफल

सफल खबर संवाददाता

बुधबार, ३० माघ २०८१, १८ : ४५
नेपाल र भारतका ऊर्जामन्त्रीबीच ऊर्जा विकासबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।

‘इन्डिया इनर्जी विक–२०२५’ मा सहभागी हुन भारत नयाँदिल्ली पुगेका मन्त्री खड्काले बुधबार भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल र भारतबीच ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।

ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बर दिल्लीमा भारतका विद्युत्मन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रारूपमा सहमति गरेसँगै उक्त प्रसारण लाइन अगाडि बढाउन ९ माघमा दुई देशबीच सहसचिव स्तरीय बैठक र २९ माघमा सचिव स्तरीय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा खट्टरलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस