सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना अस्पतालको भवन निर्माणको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नं।–६ का १७ वर्षीया विजय विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
अस्पतालको भवन निर्माणको काम गर्दैगर्दा करेन्ट लागेको उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुजर कार्कीले बताए । विजयको मृत्युसँगै आइतबार आफन्तहरुले मेहलकुना बजारमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले उचित क्षतिपुर्तिको माग गर्दै प्रदर्शन गरिरहेका हुन् । स्थानीयहरुले सडकमा टायर बालेर आवतजावत बन्द गरेका छन् भने सवारी साधान चल्न सकिरहेका छैनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर बुवाको मृत्यु, छोरा गम्भीर घाइते
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर दुई जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर मृत्यु हुने घटना बढेसँगै रौतहट प्रहरीद्वारा १० बुँदे सूचना जारी