काठमाडौं । पछिल्लो दुई दिन लगातार घटिरहेको शेयर बजारमा बुधबार भने हरियाली छाएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक यस दिन ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ६.५५ अंकले बढेर ३७९.१५ विन्दुमा उक्लिएको छ ।
नेप्से बढ्दा कारोबारमा आएका सबै उपसूचकहरू पनि बढेका छन् । जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक, व्यापार र उत्पादन समूह तीन अंकले बढ्दा होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स र अन्य समूह दुई अंकले बढेका छन् । बैंक, म्युचल फन्ड र लगानी समूह भने सामान्य अंकले बढेका छन् ।
बुधबार आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दा वरुण हाइड्रोपावर, सप्तकोशी विकास बैंक पनि ८ देखि ९ प्रतिशतसम्मले बढेका छन् ।
यस दिन २२८ कम्पनीका ४३ लाख २२ हजार १ सय १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । जुन मंगलबारको तुलनामा ४० करोडले बढी हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार
शेयर बजारमा लगानीबारे सचेतना कार्यक्रम
५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्बको कारोबार
शेयर बजारमा दोहोरो अंकको गिरावट
शेयर बजारमा उच्च अंकको वृद्धि