जङ्गली च्याउ खाँदा मोरङमा तीन जना बिरामी

विहीबार, १७ जेठ २०७५, १६ : ५६
जङ्गली च्याउ खाँदा मोरङमा तीन जना  बिरामी

विराटनगर ।  मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।
लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उहाँकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये बुहारी सुकमायाको अवस्था गम्भीर रहेको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस