जनता बैंकको सामाजिक उत्तरदायित्वस्वरुप विद्यार्थीहरुलाई झोला तथा स्टेस्नरी र विद्यालयलाई पानी तान्ने पप्प सहयोग

विहीबार, १७ जेठ २०७५, १५ : ५२
जनता बैंकको सामाजिक उत्तरदायित्वस्वरुप विद्यार्थीहरुलाई झोला तथा स्टेस्नरी र विद्यालयलाई पानी तान्ने पप्प सहयोग

नवलपरासी । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले नवलपरासी जिल्लाको ग्रामिण क्षेत्र सरावल गाउँपालिका १, खोखरपुरा स्थित आदर्श माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका ११४ जना विद्यार्थीहरुलाई झोला र स्टेस्नरी सामाग्री वितरण गरिएको छ । प्र्राय जसो विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयका विद्यार्थीहरुलाई शिक्षा आर्जनमा हौसला प्राप्त होस भन्ने उद्देस्यले उक्त सामाग्रीहरु वितरण गरिएको हो । रुपन्देही स्थित बैंकको देविनगर शाखाको इन्चार्ज मार्टिना चौधरीको नेतृत्वमा गएको कर्मचारीहरुले एक समारोहका बिच उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।


यसैगरी श्री दमकडा मा.वि., प्रभास पाल्पामा खानेपानीको प्रबन्ध गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्वकोषबाट रु. २४,०००÷– प्रदान गरिएको छ । फरक क्षमता भएका (दृष्टी विहीन) सहित ७१५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा उक्त रकमबाट समर्सियल पम्प जडान गरी खानेपानीको प्रबन्ध गरिने बताइएको छ । उक्त रकम एक समारोहका बिच बैंकको प्रभास शाखाका प्रबन्धक अजयकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो । उक्त चेक हस्तान्तरण समारोहमा प्रधानाध्यापक सापकोटाले बिद्यालयको  खानेपानी अभावको समस्या हल गर्ने पवित्र उद्देश्यले गरिएको बैंकको सहयोग प्रति सराह्ना ब्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस