काठमाडौं । कोरोना महामारीपछि हैजा महामारी व्यापक रुपमा फैलिन लागेको संकेत देखिएको छ । केही समयअघि न्यून संख्यामा देखिएको हैजा अहिले काठमाडौं उपत्यकाभित्र ९ जनामा हैजा देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोट, नैकाप, पाटनलगायत स्थान गरी ९ जनामा हैजा देखिएको हो ।ललितपुर महानगरपालिकामा हैजा भेटिएपछि आइतबारदेखि सडकमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरा बिक्री गर्न रोक लगाएको छ ।
जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नाले हैजा कोरोनाजस्तै महामारीकै रुपमा फैलनसक्ने अवस्था पनि देखिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली
हैजा सङ्क्रमितको संख्या ५८ पुग्यो
५५ पुग्यो हैजा संक्रमितको संख्या
डेंगु र हैजाका संक्रमित बढे
हैजा संक्रमितको संख्या २७ पुग्यो, उपत्यकामा सबैभन्दा बढी
हैजा सङ्क्रमण : कुन उमेर समूह बढी प्रभावित ?