दुर्घटना न्युनिकरण गर्न ट्राफिक कार्यालयलाई पुस्तक हस्तान्तरण

बुधबार, १६ जेठ २०७५, १८ : ०६
दुर्घटना न्युनिकरण गर्न ट्राफिक कार्यालयलाई पुस्तक हस्तान्तरण

चितवन । दुर्घटना न्युनिकरण गर्न लाईन्स क्लब अफ चितवन लङकुले जिल्ला ट्राफिक कार्यालय चितवनलाई पुस्तक हस्तान्तरण गरेको छ ।
लाईन्स क्लब अफ चितवन लङकुले गैर आवसिय नेपाली सघंद्धारा प्रकाशित ‘युनिर्भसल हाईवे कोडस् फर अल रोड युजर’ नामक पुस्तक जिल्ला प्रहरी कार्यालय चिवनका प्रमुख सन्तोष पन्तलाई हस्तान्तरण गरेको हो ।
वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई युनिर्भसल ट्राफिक नियमको ज्ञान नहुने भएकाले नेपालीहरु विदेशमा सडक दुर्घटना पर्ने गरेकाले ट्राफिक नियमको बारेमा जनचेतना फैलाउने उदेश्यले पुस्तक हस्तान्तरण गरिएको बताइएको छ । 
लाईन्स क्लब अफ चितवन लङकुका अध्यक्ष एव गैर आवसीय नेपाली सघं नेपालका काेषाध्यक्ष सोम सापकोटाले नेपालीहरु ड्राईभिङ सेन्टरमा प्रशिक्षण लिएर जादा युनिर्भसल ट्राफिक नियमको बारेमा जानकारी नहुने भएकाले दुर्घटनामा पर्ने गरेकाले नेपालबाट प्रशिक्षण दिएर पठाउन सके दुर्घटनामा न्युनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस