काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्कालीन कांग्रेस नेतृत्वका सरकारहरूले सकरात्मक प्रतिक्रिया अमेरिकालाई दिएको तर अहिले विवादमा आएपछि एमालेको टाउकोमा हाल्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा पूर्वउपप्रधान तथा रक्षामन्त्री पोखरेलले सन् २०१५ र २०१७ का सुशील कोइराला र शेरबहादुर देउवा सरकारले एसपीपीबारे अमेरिकी प्रस्तावमा सकरात्मक प्रतिक्रिया दिएको दाबी गरे ।
सबैभन्दा पहिले सन् २०१५ र २०१७ मा प्रस्ताव औपचारिक ढंगले सकरात्मक प्रतिक्रिया दिएर नेपालको तर्फबाट पठाइएको थियो । सन् २०१५ मा यो मुलुकमा कसको नेतृत्वमा सरकार थियो ? प्रधानमन्त्री को थियो ? प्रधानमन्त्री र रक्षामन्त्री हुने पार्टीले यसको बारेमा के भन्छ ? सन् २०१७ मा जसले यो एसपीपीलाई सकरात्मक ढंगले अमेरिकालाई पठायो त्यसबेला मुलुकलाई नेतृत्व गर्ने प्रधानमन्त्री को थियो ?उनले भने, सन् २०१५ मा यो मुलुकको प्रधानमन्त्री र रक्षामन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । २०१७ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । रक्षामन्त्रालय कसले चलाएको थियो शेरबहादुरजीले राम्रोसँग बुझ्नुहुन्छ ।
एसपीपीको विषय सार्वजनिक भएपछि त्यसलाई सुरुमा थाहा नपाएको जस्तो गरिएको र पछि लुकाउने प्रयास भएको पोखरेलको भनाइ थियो । पोल खुल्दै गएपछि एमालेको टाउकोमा आरोप लगाउने प्रयास भयो, उनले भने । त्यसबेला प्रस्ताव पठाउने काम भएको र अहिले एमालेप्रति आक्षेप लगाउन लागिएको उनको भनाइ थियो । सत्ता टिकाउन विभिन्न अभिव्यक्ति गठबन्धनका नेताबाट आइरहेको भन्दै पोखरेलले प्रमाणसहित आउन चुनौती दिए ।
एमाले सरकारमा रहेको बेला अमेरिकी सुरक्षा अधिकारी तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीकहाँ आएको र कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने जवाफ दिइएको पोखरेलको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : ईश्वर पोखरेल
समान विकासका लागि विश्वका सभ्यताको आदान-प्रदान आवश्यक : ईश्वर पोखरेल
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ : ईश्वर पोखरेल