काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरू थप एकताबद्ध भएर सामूहिक हित र मानव समृद्धिका लागि लाग्नुपर्ने बताएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोस्रो ‘ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलग’को ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उक्त समारोहमा विश्वका १ सय बढी मुलुकका राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरूको सहभागिता रहेको छ । ग्लोबल साउथ देशहरूका समस्याहरूलाई सामूहिक मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वव्यापी अभियानलाई थप सुदृढ बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : ईश्वर पोखरेल
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ : ईश्वर पोखरेल
जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : ईश्वर पोखरेल