समानुपातिक तर्फको पछिल्लो मतपरिणाम सार्वजनिक, कुन पार्टीको कति मत ?

सोमबार, २५ मंसिर २०७४, १७ : १३
समानुपातिक तर्फको पछिल्लो मतपरिणाम सार्वजनिक, कुन पार्टीको कति मत ?

चितवन, २५ मंसीर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षसँगै समानुपातिक तर्फको मतगणना पनि जारी राखेको छ ।
आज दिउँसो ०४ : ४० सम्मको मतगणनाको परिणामअनुसार

एमालेले ५ लाख २६ हजार ९६ मत ल्याएर अग्रता कायम गरेको छ ।
कांग्रेसले  ४ लाख ७६ हजार ५१२ मत ल्याउदै दोस्रोमा छ ।
माओवादी केन्द्रले २ लाख २५ हजार ६०६ मत ल्याएर तेस्रो स्थानमा  छ ।
विवेकशील साझा पार्टी २६ हजार ४७३
राजपा नेपाल २६ हजार ३९८
राप्रपा २५ हजार ७५७
संघीय समाजवादी फोरम २० हजार २९५
नयाँशक्ति १९ हजार ३३९
राप्रपा प्रजातान्त्रिक १० हजार ६२९ र
राष्ट्रिय जनमोर्चाले ८ हजार १० मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस