काठमाडौं । बजेट निर्माणमा खेताला विज्ञकाे सहयाेग लिने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।
सोमबार सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीले राजीनामा मागेको हो ।
बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए । यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैका ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संघीय संसदबाट अध्यादेश पारित हुन्छ : योगेश भट्टराई
सामाजिक सञ्जाललाई प्रतिबन्ध होइन, नियमन गर्न खोजेका हौं : योगेश भट्टराई
अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्दा अचम्म लाग्छ : योगेश भट्टराई
लेखा समिति सभापति विपक्षीलाई दिन संविधान संशोधन गरौँ : योगेश भट्टराई
बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा हामी आशावादी छौँ : योगेश भट्टराई