काठमाडौं । प्रतिकिलो चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ । ९५ रुपैयाँ रहेको चिनी १० रुपैयाँले बढेर १०५ पुगेको हो ।
भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनीको भाउ बढेको हो । नेपालमा चिनीको माग धान्न भारतबाट चिनी ल्याउने गरिएको छ ।
चिनीको मूल्य वृद्धि भए पनि व्यापारीले आफूखुसी चिनी बिक्री गर्दै आएका छन् । अहिले चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएपछि व्यापारीले फरक फरक मूल्यमा चिनी बेच्नेका गरेको पाइएको छ । कसैले १०५ कसैले ११० रुपैयाँमा प्रतिकिलो चिनी बेच्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ
१० टन चिनीसहितको ट्रक प्रहरी नियन्त्रणमा
चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याउन प्रस्ताव आह्वान
चिनी उद्योगीहरूको सिन्डिकेट नियन्त्रणको माग गर्दै उद्योग मन्त्रीलाई ज्ञापनपत्र