सर्लाही । सर्लाही प्रहरीले रु सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको ट्रक नियन्त्रणमा लिएको हो।
बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए।ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेको प्रहरीले जनाएको छ।
ट्रक चालक ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षका झलक लिम्बूलाई पनि नियन्त्रण लिई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०८१, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ
चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याउन प्रस्ताव आह्वान
चिनी उद्योगीहरूको सिन्डिकेट नियन्त्रणको माग गर्दै उद्योग मन्त्रीलाई ज्ञापनपत्र