काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौंता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दाबी गरेका छन । सांसद सुवालले सो सम्झौंता संसदबाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकीर गरे।
आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको खर्च कटौति प्रस्ताव पेश गर्दै उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य बढेको तर्क गरे। सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँस पाएपनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महँगोमा आयात गर्नु परेको उनको भनाई थियो ।
सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महँगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आयात गर्नु परेको भन्दै आक्रोश व्यक्त गरे ।
सांसद सुवालले देउवा नेतृत्वको गठबन्धन सरकार कूटनीतिक क्षेत्रमा पूर्णत असफल भएको पनि पटकपटक दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : प्रेम सुवाल
सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल
गाउँ-गाउँमा सिंहदरवार गएन बरु माननीयज्यूले गाउँलाई सिंहदरवार ल्याइपुर्याए : प्रेम सुवाल
काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल
गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा : प्रेम सुवाल
सदन संसदीय व्यवस्थाअनुसार चलेन, सत्तापक्ष र प्रतिपक्षबिच भागबण्डा मात्रै भयो : सांसद सुवाल