काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो ।’सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर भएकोमा आपत्ति समेत जनाए । उनले मध्य रातमा एमाले–काँग्रेसबीच सत्ता समीकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाए ।
‘नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’ उनले भने ।
सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढे मात्रै स्वभाविक हुने बताए । सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : प्रेम सुवाल
गाउँ-गाउँमा सिंहदरवार गएन बरु माननीयज्यूले गाउँलाई सिंहदरवार ल्याइपुर्याए : प्रेम सुवाल
काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल
गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा : प्रेम सुवाल
सदन संसदीय व्यवस्थाअनुसार चलेन, सत्तापक्ष र प्रतिपक्षबिच भागबण्डा मात्रै भयो : सांसद सुवाल