काठमाडौं । गुरु (शिक्षक) लाई हरेक विद्यार्थीहरूले आदर गर्दछन्। ओमकार संस्कृतिमा त गुरुको स्थान निकै माथि छ। जहाँ गुरुलाई भगवानसरह पुज्यनीय मानिन्छ। यो संस्कृति मान्ने समुदायका हरकोही विद्यार्थीको मुखमा संस्कृत श्लोक नै झुण्डिएको हुन्छ, ‘गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः!’
यसरी पुजिँदै आएको गुरु पछिल्ला केही समययता कतिपय अवस्थामा देवता नभई दानवको रूपमा देखापरेका छन्। जहाँ प्रदर्शित गरेको रूपले गुरुकै आस्थामाथि नराम्ररी आघात पुर्याइदिएको छ। यस्तै रूप दुई साताको समयभित्र राजधानीका दुई प्रतिष्ठित शैक्षिक संस्थाका शिक्षकहरूले दर्शाएको आरोप सार्वजनिक भएका छन्।
जहाँ आफ्नै विद्यार्थी छात्रामाथि शिक्षकबाटै भइरहेका यौनजन्य हिंसाको आरोप लागेको छ। दुवै घटना फरक छन्। तर प्रकृतिमा झण्डै समीप्यता छ। दुवैमा शिक्षकमाथि यौनहिंसाको आरोप छ। ती शिक्षकहरूले महिनौंसम्मको दुर्व्यवहार गरेका छन्। छात्राहरू हिंसा सहँदासहँदा सहनको पनि हद नाघेपछि घटना सार्वजनिक गर्न बाध्य भएका छन्।
हिंसा लुकाउन आरोपित शिक्षकले पीडित छात्रामाथि मानसिक तनावदेखि धम्कीसम्म दिएका छन्। त्यसपछि पीडितहरूले पहिला विद्यालय प्रशासनमा गुहार लगाएका छन्। नारी संवदनशीलता बुझ्ने आशामा महिला शिक्षिकासँग सहयोग मागेका छन्। यति गर्दा प्रशासनले सुन्दैन, तर महिला शिक्षिकाले समेत घटना ढाकछोप गर्न प्रयत्न गरेका छन्।
पहिलो घटना जेठ १० गते सार्वजनिक भएको थियो। काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीमाथि कक्षा ११ मा अध्ययनरत एक छात्राले दुर्व्यवहारको आरोप लगाएकी थिइन्। शिक्षक अधिकारीले आफूमाथि सामाजिक सञ्जाल र भौतिक रूपमै यौन दुर्व्यवहार गर्ने गरेको आरोप उनको थियो।
महिनौसम्म दुर्व्यवहार हुँदै जाँदा विस्तारै तनाव बढ्दै गएपछि पहिला अभिभावक र कलेजका साथीहरूलाई जानकारी दिएकी थिइन्। अभिभावकहरू सो कुरा बोकेर कलेज प्रशासन पुगेका थिए। महिला शिक्षकलाई समेत राखे। उनीहरूबाट राम्रो प्रतिक्रिया नआएपछि अभिभावक र विद्यार्थीले कलेज परिसरमा आन्दोलन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २६ जेठ २०७९, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु